वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

दिप शिखा सहकारीको १० औं वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र प्रसाद साह/
कलैयामा रहेको दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औं वार्षिक साधारणसभा उपमहानगरपालिकाको सभाहलमा मंगलवार सम्पन्न गरिएको छ।

साधारणसभाको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवले उद्घाटन गरेका छन ।

सो अवसरमा वोल्दै नगरप्रमुख यादवले सहकारीको माध्यमले महिलाहरुमा नेतृत्व विकास, क्षमता विकास आर्थिक रुपमा सशक्तिकरण गर्ने गरेको बताएका छन ।

उक्त सहकारीको कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय र लुमन्ति आवासको लागि सहयोग समूहद्वारा प्रवर्धित हो ।

सहकारी संस्था लिमिटेडकी अध्यक्ष रामरती देवी पासवानको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नथु साह, लेखाका मुस्ताक अंसारी, सामाजिक शाखा प्रमुख रामजी मन्डल र समाजसेवी सुरेश मोदकलाई दोसल्ला ओढाएर यस सहकारीको विकासमा पुर्याएको योगदानको कदर स्वरुप सम्मानित गरिएको थियो।

यस्तै सो अवसरमा सम्पूर्ण सञ्चालक समितिका सदस्यहरूलाई दोसल्ला ओढाएर नगरप्रमुख यादवले सम्मानित गरेका थिए। त्यसैगरी सहकारीकी अध्यक्ष पासवानद्वारा नगर प्रमुख यादवलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मानित गरेकी थिईन ।

कार्यक्रममा लुमन्ति कलैयाका कार्यक्षेत्र संयोजक अब्दुल कैश, शहरी गरिबी निवारण मंचका अध्यक्ष रबिन्द्र प्रसाद साह, सहकारीकी संस्थापक अध्यक्ष बढनीदेवी राम, लगायतका विभिन्न संघसंस्थाहरू पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो।

उद्घाटन कार्यक्रमको संचालन लुमन्तिका सामुदायिक सहजकर्ता अनिल मण्डलले गरेका थिए ।