राम मण्डल/
बाराको कलैया उपमहानगरपालिका–१ मोतिबागमा विहे भएकी चितवनकी पिंकी कुर्मीको हत्या उनकै परिवारले गरेको माईती पक्षले आरोप लगाएका छन ।
शुक्रबार वीरगञ्जमा पत्रकार सम्मेलन गरि भरतपुर महानगरपालिका–१ बस्ने मनिष कुर्मीले कलैयामा बिहे भएकी आफनी बहिनीको हत्या उनकै परिवारले मिलेर गरेको आरोप लगाएका हुन ।
आफना भनिाजु दिपेन्द्र जैसवार र उनका परिवारले कुटपिट गरि गम्भिर घाईते बनाउदा उपचारको क्रममा पिंकीको मृत्यु भएको माईती पक्षको आरोप छ । यही असोज २ गते राति काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा दिदिको ज्याने गएको पत्रकार सम्मेलनमा उनका भाई मनिषले जानकारी गराए ।
गत भदौ १८ गते दिदि माथि भिनाजु दिपेन्द्र र उनका परिवारले कुटपिट गर्दा शरिरका बिभिन्न भाग र टाउकोमा प्रहार गरि घाइते बनाएको उनको भनाई छ ।
घाईते भएकी दिदिलाई उपचारमा समेत लापारवाही गरिएको तथा डाक्टरले टाउकोको सिटी स्क्यान गर्न भनेपनि नगरि राखिएको मनिषले बत ।बहिनीको स्वास्थय अवस्था गम्भिर भएपछि गत भदौ २७ गते वीरगञ्जमा र त्यसपछि चितवनमा उपचार गराइएको भएपनि उनको मृत्यु भएको मनिषले बताए ।
१२ बर्ष अघि २०६७ सालमा विवाहमा दाईजोमा गाडी नदिदा कलैया निवासी उनका श्रीमान दिपेन्द्र र परिवारले मिलेर हत्या गरेको पत्रकार सम्मेलनमा पिडीत परिवारको भनाई थियो ।
बिहेकै बेलामा नेपाल एसबिआई बैंकमा जागिर भएका दिपेन्द्रसित राम्रो जिवन निर्बाह हुने भनि पिंकीका परिवारले दाईजोमा नगद, सुन चाँदीका गरगहना,लताकपडा दिएर मागी विवाह गरेका थिए ।
तर बिहेको एकबर्ष नबित्दै दिपेन्द्रले गाडी माँग्न थालेको र सोही कारण पिंकीलाई कुटपिट समेत गर्ने गरेको पत्रकार सम्मेलमा मृतक पिंकीका भाई मनिषले पिडा सुनाए ।
भाई मनिषले भिनाजु दिपेन्द्र र उनका आमा बुवा तथा काका बिरुद्ध बारा प्रहरीमा उजुरी दिएका छन । प्रहरीले भने दिपेन्द्रलाई पक्राउ गरेको तथा अन्यलाई समेत पक्राउ गरि दोषीलाई कडा कारवाही गर्न पत्रकार सम्मेलनमा पिंकीका परिवारले माँग गरेका छन ।