वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

त्रिबेणी स्पेनिङ्ग मिल्समा मजदुर र प्रहरी बिच भिडन्त , १० जना प्रहरी र एक दर्जन भन्दा बढी मजदुर घाईते

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा स्थित त्रिबेणी स्पेनिङ्ग मिल्स प्रा.लि.का मजदुर र प्रहरी बिच भिडन्त भएको छ । भिडन्तमा परी १० जना प्रहरी र एक दर्जन भन्दा बढी मजदुर घाईते भएका छन् ।

घाईते दुईजना प्रहरीको सिमरा स्थित अल्पाईन अस्पतालमा उपचार हुन नसक्दा थप उपचारकोलागि गण्डक अस्पताल रिफर गरिएको छ ।

प्रहरी हवल्दार श्रीराम पटेलको टाउँकोमा चोट लागेको छ भने प्रहरी जवान सुरेन्द्र महत्तोको ओठमा चोट लागेको छ ।

अरु बाँकी आँठ जना प्रहरीको टाउँको ,छाती ,खुट्टा , नाक ,हाँत ,पाँखुरा लगायतका भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । भिडन्तमा प्रहरीले साँत जना मजदुरहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका मजदुरहरुमा बिरगंज महानगरपालिका वडा नं.३२ बस्ने बर्ष २५ को संजय कुमार यादब ,बर्ष २२ को ओम प्रकाश मिश्र ,पर्सा गढी नगरपालिका वडा नं.५ बस्ने २५ बर्षिय मनोज यादब ,कलैया उपमहानगरपालिका वडा नं.१६ बस्ने बर्ष २५ को राजेश यादब ,वडा नं.१० बस्ने बर्ष २५ को अक्लेस पाण्डे ,प्रसौनी गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३० का बृजकिशोर साह र कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष २६ को सोनालाल प्रसाद यादब रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

बोन्सका्े माग राखि उद्योगको प्रबन्ध निर्देशकको कार्य कक्षमा ताल्चा लगाई धारणामा बसेका मजदुरलाई हटाउँन प्रहरीले लाठी चार्ज गरेको थियो ।

भिडन्तमा प्रहरी तर्फबाट करिब ३४ राउण्ड अश्रु ग्यास सेल,सर्ट गन बाट १ राउण्ड फायर भएको,सिल ढाल १३ थान फुटेको,बेदको लाठी ९ थान भाँचिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।

त्रिवेणी स्पिनिङ मिल्सले त्यहाँ कार्यरत मजदुरहरूलाई विगत २० वर्षदेखि बोनस उपलब्ध गराउँदै आएकोमा कोरोना सङ्क्रमणका कारण लकडाउनको समयमा आधा बोनस दिँदै आएको अवस्थामा समेत हाल आएर मिल्सका सञ्चालकले यसवर्ष बोनस नदिने निणर्य गरेपछि मजदुरहरू आन्दोलनमा उत्रिएका थिए ।

शान्तिपूणर् रुपमा गरिएको आन्दोलनको क्रममा मजदुर र उद्योग प्रशासनबीच छलफल भएको र सो छलफलको क्रममा निणर्य ननिस्केपछि आक्रोशित मजदुरहरूले बुधवार साँझ मिल्सका प्रमुख कार्यकारी अधिकृत अशोक शर्मा ,प्रशासन अधिकृत सहित पाँच जनालाई क्याबिनमा बन्द गरेका थिए ।

अधिकृत शर्मालाई मजदुरहरूले बन्धक बनाएपछि उद्योग सञ्चालकले प्रहरीलाई बोलाएर शर्मालाई मुक्त गरेको थियो । सो घटनापछि आज पनि मजदुरहरू आन्दोलनमा उत्रिएको र आन्दोलनमा उत्रिएका महिलामाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै झडप भएको थियो ।

आन्दोलनकारीहरूले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीको नेतृत्वमा १ सय १० जना प्रहरी उद्योगमा शान्ति ,सुरक्षा कायम गर्न खटिएको थियो । उक्त टोलीले महिला माथि दुर्व्यवहार गरेको मजदुरहरुले आरोप लगाएका छन् ।

यता उद्योगको ब्यवस्थापन पक्षले संस्थाको हिसाबकिताब परिक्षण भएपछि मात्र नियम अनुसार बोनस बितरण गर्नेे बताएको छ ।माग पुरा नहुँदा सम्म आन्दोलन जारी रहने मजदुरहरुले बताएका छन् । त्रिबेणी स्पेनिङ्ग मिल्समा १४ सय मजदुर कार्यरत रहेका छन् ।