वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

तलब वृद्धि असमान भएको भन्दै नायब सुब्बाहरुद्धारा पेन डाउन

रञ्जन यादब/
तलब वृद्धि असमान भएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नायब सुब्बाहरुले मङ्लबार ‘पेन डाउन’ गरेका छन् । उनीहरुले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत मार्फत नेपाल सरकारलाई पत्र पठाई ध्यान आकर्षण गराएका छन् ।

साउन १५ गते प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम उपभोक्ता हित समितिले मर्यादाक्रम अनुसार तलब समायोजन गर्न दिएको भनिएको निर्देशनको अधारमा गरिएको तलब बृद्धि असमान रहेको नायब सुब्बाहरुको ठहर रहेको छ ।

नायब सुब्बा भन्दा सवारी चालककोे तलब झण्डै ६ हजार ८ सय ३१ रुपैया बढी रहेको भन्दै उनीहरुले आपत्ती जनाएका छन् । सरकारको यस्तो क्रियाकलले आफुहरुको काम गर्ने मनोबल घटेको ध्यान आकर्षण पत्रमा उल्लेख गरेका छन् ।

नायब सुब्बा स्तरको स्थानीय तहको कर्मचारीको अहितमा ल्याईएको कानुनले बढुवामा २० प्रतिशत मात्र छुट्याउँने गरेको ब्यवस्थाले बृत्ति बिकास रोक्ने लगायत तलबमा समेत मानमर्दन गरेको उनीहरुको ठहर छ ।

सरकारले बजेटमा राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । तर अर्थ मन्त्रालयले १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव तयार पारेको डकुमेन्ट चुहिएपछि नायब सुब्बाहरु आन्दोलनमा उत्रिएका हुन् ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएको भनिएको प्रस्तावमा शाखा अधिकृतको २४ प्रतिशत, उपसचिवको २३.३ प्रतिशत, सहसचिवको २३.३ प्रतिशत र सचिवको १८.४ प्रतिशत बढी तलब बढ्ने उल्लेख छ ।

त्यसभन्दा तल्ला तहका कर्मचारीको भने १५ प्रतिशत मात्र बढ्ने भयो । मितव्ययिताको नारा दिइरहेको सरकारले करिब २५ करोड भार थप्ने गरी यस्तो निणर्य गर्न लागेको हो।

पुर्ब घोषित देशब्यापी बिरोध कार्यक्रम अन्तर्गत नै नायब सुब्बाहरु जीतपुरसिमरा उपमहानगरपालिकामा पेन डाउन गरेका थिए ।