वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

डुमरवाना दुग्ध सहकारीको मनोमानी,दुधको मुल्य १० बृद्धि हुदाँ ध्यूमा २४० बृद्धि

बि.पी.भट्ट/
डुमरवाना दुग्ध सहकारी संस्था लि.ले आफ्नो मनोमानी हिसाबले दुध तथा दुग्ध जन्य बस्तुको मुल्य बृद्धि गर्दा उपभोक्ताहरु मारमा परेका छन् । बजारमा रहेका साना निजी डेरीहरु भन्दा पनी डुमरवाना दुग्ध सहकारी संस्थाले महंगो मुल्यमा दुग्ध जन्यबस्तु बिक्रि बितरण गर्न थालेपछि उपभोक्ताहरु मारमा परेका हुन् ।

सरकारले चैत १ गतेदेखि लागु हुनेगरी किसानले पाउने दुधको मुल्यमा प्रति लिटर ९ रुपैंया बढाएको थियो । डुमरवाना दुग्ध सहकारी संस्थाले किसानलाई बढाएको दुधको मुल्य अनुसार दुधको बिक्रि मुल्य सन्तोषजन रहेपनि दुग्ध जन्यबस्तुको मुल्य भने मनोमानी हिसाबले बढाएको छ ।

डुमरवाना बाटै सञ्चालित मौलाकालिका डेरी प्रा.लि.ले उत्पादन गर्ने सहकार्य नाम दुग्ध जन्य बस्तुको तुलनामा नेपालकैं उत्कृष्ठ दुग्ध सहकारी संस्था भनेर चिनिएको डुमरवाना दुग्ध सहकारी संस्थाको मुल्य र निजी डेरीको मुल्यमा आकाश जमिनको फरक पाईएको छ ।

डुमरवाना सहकारीले हाल प्रति लिटर ध्यू १३०० मा बिक्रि गर्दै आएको छ भने निजी डेरीले सोही ध्यू प्रति लिटर १२००मा बिक्रि गरि रहेको छ । डुमरवाना दुग्ध सहकारी संस्थाले दुधको मुल्य १० रुपैंया बृद्धि गर्दा ध्यूको मुल्यमा प्रति के.जी.२४० रुपैंयाले बृद्धि गरेको छ । निजी डेरीको तुलनामा सहकारीले उत्पादन गर्ने दुग्धजन्य बस्तुको मुल्य अझ् सस्तो हुन्छ भन्ने आम मानिसको अपेक्षामा डुमरवाना दुग्ध सहकारी संस्थाले खिल्ली उडाएको छ ।

प्रति लिटर ध्यूमा निजी डेरीभन्दा एक सयको फरक पर्नु भने सहकारीले आफ्नो मनोमानी हिसाबले मुल्य बृद्धि गरेको उपभोक्ताहरुको आरोप छ । त्यस्तै निजी डेरीले प्रति के.जी.१६० रुपैंयामा दिने दहीलाई डुमरवाना दुग्ध सहकारीले प्रति के.जी. १७० मा बिक्रि गर्ने गरेको छ । पनिर,नौनीको मुल्यमा समेत निजी डेरीको भन्दा डुमरवाना दुग्ध सहकारीको बिक्रि मुल्य बढी रहेको छ ।

सहकारी संस्थाको दुग्ध जन्य बस्तुको माग बजारमा ह्वात्तै घट्यो ।
मुल्य बृद्धिपछि डुमरवाना सहकारी संस्थाको दुग्ध जन्य बस्तुको माग बजारमा ह्वात्तै घटेको छ । बजारमा माग घटेपछि कर्मचारी सहित बजार अनुगमनमा निस्किएका संस्थाको अध्यक्ष टिकाराम न्यौपानेले निजी डेरीको तुलनामा डुमरवाना सहकारीको दुग्ध जन्य बस्तुको मुल्य बढी भएको सहजै स्वीकार गरेका छन् । अध्यक्ष न्यापानेले संस्थाले १३ प्रतिशत भ्याट सरकारलाई बुझाउनु परेकोले दुग्ध जन्य बस्तुको मुल्य निजीको तुलनामा बढी भएको बताएका थिए ।

डुमरवाना सहकारी संस्थामा आबद्ध ब्यवसायी अन्दोलित स्थितीमा ।
डुमरवाना दुग्ध सहकारी संस्थामा सुरुवात देखि जोडिएर ब्यवसायी गर्ने एक समुहले ४ सुत्रिय माग राखि संस्थामा तिृपक्षिय छलफलको माग राख्दै निवेदन पेश गरेको छ । तर संस्थाले आफुहरुले राखेको माग प्रति कुनै चासो नदेखाए पछि अब के गर्ने भन्ने बिषयमा ब्यवसायीहरु अलमलमा परेको एक ब्यवसायी बताउँछन् ।

ब्यवसायीहरुले सहकारी र निजी डेरी बिचको मुल्यमा एकरुपता कायम गरिनु पर्ने,संस्थाले थप शिर्षकमा ३.६८ पैसा राखेकोले सो शिर्षक तत्काल खारेज गरिनु पर्ने ।दुध खरिद गरेको समयमा नैं तत्काल दुधको ल्याक्टो फ्याट एस.एनफ चेकजाँच गरी सो अनुसार आउने मुल्यमा दैनिक हिसाब राखी सोही अनुसार बिल जारी गरिनु पर्ने जस्ता माग राखी संस्थामा निवेदन पेश गरेको थियो ।

नियमन गर्ने निकायनैं मौन ।
उत्पादन कर्ता,बिक्रेता र बजार मुल्यको नियमन र अनुगमन गर्ने निकायनैं मौन बस्ने गरेको छ । यस्ता बिषयमा सम्बन्धित कुनै पनि सरोकारवाला निकायले अनुगमन गरेको पाईएको छैन । उजुरी आए मात्र कार्वाही गरे जस्तो गर्ने नत्र मनोमानी ढंगले मुल्य निर्धारण गरेको थाहा हुदाँसम्म पनि मतलब नराख्ने जिल्ला प्रशासन कार्यालय,खाद्यन्न तथा गुण नियन्त्रणको कार्यालय, उपभोक्ता संरक्षण जस्तासरकारी तथा गैह्र सरकारी निकाय प्रति जनताको भरोसा उठि सकेको छ । तलब पचाउनैं आएको कर्मचारीहरुको कारणबजार मुल्य देखि बस्तुको गुणस्तरमा समेत सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानियहरुको आरोप छ ।