वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीवन ज्योतिको ७ औ बार्षिक साधारणसभा सम्पन्न

“हाम्रो प्रयास तपाईको बिश्वास बचत पनि सहकार्य पनि” भन्ने नारा सहित बाराको कलैयामा रहेको जीवन ज्योति बचत तथा ऋण सहकारी संस्थाको ७ औ बार्षिक साधारणसभा शनिवार भब्य रुपमा सम्पन भएको छ । सहकारीको साधारणसभाको कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभाहलमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

साधारणसभाको बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र प्रसाद ठाकुरले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष दिलिप कुमार चौधरीले अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत भरतलाल अग्रवाल,आर्थिक प्रतिवेदन सहकारीको कोषाध्यक्ष नविन कुमार अग्रवाल र सचिवको प्रतिवेदन सहकारीको सचिव शिवजी प्रसाद यादवले गरेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साह,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह श्याम कुमार न्यौपाने,अधिवक्ता सुर्यजित सिंह,पत्रकारहरु रमेश साह,साजिर मंसुर,अनिल गौरव लगायतकाले शुभकामन मन्तव्य राखेका थिए ।

कार्यक्रममा बरेवा दरबार होटेलका संस्थापक किरण बिक्रम साह,सन्दिप रौनियार,समाजसेवी जङ्गबहादुर यादव,रामनरेश यादव,नरेन्द्र कुमार साह,सत्यनारायण कुशवाहा लगायतलाई मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो ।

देबेन्द्र गिरी,ठागा साह बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह गोल्डेन,उधोग बाणिज्य संघ बाराका कोषाध्यक्ष सन्तोष बुढा,डाक्टर राकेश तिवारी,डाक्टर बद्री दास, डा.रामनन्द यादव लगायतको सहभागिता रहेको थियो ।

२०७२ सालमा स्थापना भएको उक्त सहकारीले छिटो समयमा प्रगति गरेको छ । देशको नमुना संस्था बन्ने लक्ष्य बोकेर निरन्तर अगाडी बढिरहेको अध्यक्ष चौधरीले बताए । बर्तमान प्रतिस्पर्धात्मक बितिय बजारमा स्वस्थ प्रतिस्पर्धा गर्ने अध्यक्ष चौधरीले जनाए ।

सहकारीले साधारणसभाकै अवसरमा विभिन्न योजना सार्वजनिक गरिएको हो । सहकारीले १ सय महिना सम्म मासिक बचत गर्दा आजिवन पेन्शन पाउने योजना अगाडी सारेको छ ।

गत बर्ष ३३ लाख ७० हजार छ सय ७० रुपैया ८५ पैसा खुद नाफा गरेको यो संस्थाले यो बर्ष ५५ लाख ४० हजार ५ सय तिन रुपैया २४ पैसा खुद नाफा गरेको सहकारीले जनाएको छ । करिब ८ सय सदस्यहरु रहेको उक्त सहकारीको कुल पूजी तथा दायित्व ३१ करोड ५५ लाख ९४ हजार ६ सय २३ रुपैया ३९ पैसा रहेको कोषाध्यक्ष नवीन कुमार अग्रवालले बताए ।