रञ्जन यादब/
बारा स्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्षमा मनोजकुमार गुप्ता निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी ओमप्रकाश गुप्ताले २६० मत प्राप्त गरेका छन् भने सोही पदका अन्य उम्मेदवार रामचन्द्र पौडेलले २३७ मत, दिनेशप्रसाद कलवारले १२० र अनिलकुमार साहले ११ मत प्राप्त गरेका छन् ।
गुप्ता ५९ मतको मतान्तरले निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमिति चयनका लागि शनिवार भएको निर्वाचनबाट गुप्ता निर्वाचित भएका हुन् । संघको सभाहलमा शनिवार रातीदेखी भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार गुप्ताले ३१९ मत प्राप्त गरेका छन् । यसैगरी वाणिज्यतर्फको उपाध्यक्षमा गजेन्द्रप्रसाद गुप्ता निर्वाचित भएका छन् ।
गुप्ता ३०० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उक्त पदका अन्य उम्मेदवार मोहन साह कलवारले २११ मत, अर्जुन लम्सालले १६६ मत, सन्तोषकुमार गुप्ताल १३४ मत र रामायणप्रसाद साहले १४ मत प्राप्त गरेका छन् ।
यता उद्योगतर्फको उपाध्यक्षमा बिजयकुमार साह निर्वाचित भएका छन् । गुप्ता ४७ मत प्राप्त गर्दै बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी दीपक गुप्ताले ३२ मत प्राप्त गरेका छन् ।संघको महासचिव पदमा प्रकाश गिरीले जित हात पारेका छन् । गिरी ४८५ मत प्राप्त गर्दै फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । उक्त पदका अन्य उम्मेदवार लक्ष्मण अधिकारीले २७३ मत र अनिल तिवारीले १८२ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा रामबाबु कलवार निर्वाचित भएका छन् । कलवार पनि फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । कलवारले ५८५ मत प्राप्त गर्दा सोही पदका प्रत्यासी अमरप्रसाद यादवले ३१५ मत प्राप्त गरेका हुन् । वाणिज्यतर्फको सचिवमा पदमा विष्णुप्रसाद अधिकारीले २२७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सोही पदका उम्मेदवार कृष्णप्रसाद साहले १९८ मत, गिता शर्माले १४३ मत, श्यामबाबु साहले ११६ मत, शान्ताकुमारी बजगाई (रिना) ले ७१ मत र रमेश खरेलले ५९ मत प्राप्त गरेका छन् ।
यसअघि उद्योगतर्फको सचिवमा मुकेश साह निर्विरोध निर्वाचित भएका थिए ।यसैगरी वाणिज्यतर्फको सात सदस्यमा सन्तोष कुशवाहा, आशा दाहाल, तसौवर हुसेन, राजुप्रसाद साह, विन्देश्वरीप्रसाद साह, प्रदीप कुमार र रिता कँडेल निर्वाचित भएका छन् ।
यस्तै उद्योगतर्फको तीन सदस्यमा राकेशप्रसाद गुप्ता ५७ मत, राजेशकुमार प्रसाद साह ५६ मत र रिना रौनियार पुरी ५५ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । कुल एक हजार तीन सय पाँच मतदातामध्ये निर्वाचनमा वाणिज्यतर्फ आठ सय ९२, उद्योगतर्फ ८२ र एसोसियटतर्फ तीन मत खसेको थियो ।
संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेका कारण मोहन शर्मा यसअघिनै अध्यक्षमा निर्वाचित भईसकेका थिए । शर्मा अध्यक्षमा निर्वाचित भएपछि बाँकी पदका लागि निर्वाचन भएको हो ।
अन्तिम मतपरिणामः
अध्यक्ष ः मोहन शर्मा (निर्विरोध निर्वाचित)
वरिष्ठ उपाध्यक्ष ः मनोजकुमार गुप्ताः ३१९ (निर्वाचित)
उपाध्यक्ष (वाणिज्य)ः गजेन्द्रप्रसाद गुप्ताः ३०० (निर्वाचित)
उपाध्यक्ष (उद्योग)ः बिजयकुमार साहः ४७ (निर्वाचित)
महासचिवःप्रकाश गिरीः ४८५ (निर्वाचित)
कोषाध्यक्षः रामबाबु कलवारः ५८५ (निर्वाचित)
सचिव (वाणिज्य)ः विष्णुप्रसाद अधिकारीः २२७ (निर्वाचित)
सचिव (उद्योग)ः मुकेश साहः (निर्विरोध निर्वाचित)
सदस्य (वाणिज्य)ःसन्तोष कुशवाहाः ४४१ (निर्वाचित)
आशा दाहालः ३७५ (निर्वाचित)
राजुप्रसाद साहः ३५३ (निर्वाचित)
तसौवर हुसेनः ३४५ (निर्वाचित)
विन्देश्वरप्रसाद साहः ३२९ (निर्वाचित)
प्रदीप कुमारः २८९ (निर्वाचित)
रिता कँडेलः २६४ (निर्वाचित)
सदस्य (उद्योग)ः राकेशप्रसाद गुप्ताः ५७ मत (निर्वाचित)
राजेशकुमार प्रसाद साहः ५६ मत (निर्वाचित)
रिना रौनियार पुरीः ५५ मत (निर्वाचित)