वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघद्धारा ब्यपारीहरुलाई खाताहरु ब्यस्थित राख्न अनुरोध

रञ्जन यादब

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले ब्यपारीहरुलाई आफनो ब्यपार तथा संघ संस्थाको खाताहरु ब्यवस्थित राख्न अनुरोध गरेको छ । नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले ब्यवसायीहरुकोलागि सरकारले लागु गरेको नितिनियमहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने नियम भएकाले यसको परिपालना गर्नुपर्ने बताउँनुभयो ।

उहाँले उद्योगी, ब्यवसायीहरुलाई खरिद र बिक्रि बिल अनिवार्य काट्न,स्टक बुक राख्न ,ब्यवसायिक लाईसेन्स ,दर्ता कागजात र राजस्व तिरेको रसिद अनिवार्य रुपमा ब्यवसायिक स्थलमा राख्न सल्लाह दिनुभएको छ ।

जीतपुरसिमरा क्षेत्रमा राजस्व कार्यालय र गुणस्तर नापतौल कार्यालयको अनुगमन हुँदा ब्यवसायीहरुले आफनो सट्र बन्द गरी हतारहतारमा भाग्ने चलन रहेको छ ।

महासचिव गिरीले सरकारले लागुको ऐन ,कानुको पालना गर्न तर कसैले नियतबश दुख दिएको खण्डमा उद्योग बाणिज्य संघमा जानकारी गराउँन अनुरोध गर्नुभयो ।जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघमा करिब १३ सय उद्योगी ब्यवसायीहरु आबद्ध रहेका छन् ।