बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा सात्ता साझेदारका उम्मेदवारले संयुक्त रुपमा मनोनयन दर्ता गराएका छन ।
गठबन्धनको केन्द्रीय निणर्य अनुसार सोमवार जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेपाली कांग्रेसकी मेघा शाहीले उम्मेदवारी दर्ता गराएका हुन ।
पौडेल र शाहीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रमुख पदका उम्मेदवार पौडेलको प्रस्तावकमा जयराम दाहाल र समर्थकमा कृष्णव्रत सिंह रहेका छन् । शाहीको प्रस्तावकमा राजेन्द्रकुमार शाही र समर्थकमा हिराज कार्की रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।