वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीतपुरसिमराका नगर प्रमुख पौडेलले जनताको चासोको बिषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया

रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जनताको चासो र आवश्यक्ताको बिषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका छन् ।

उपमहानगरपालिकालाई कर्म स्थल बनाई पत्रकारिता गर्दै आएका सञ्चारकर्मिहरुसँग आउँने बजेट तथा निति ,ऐन ,कानुन बनाउँने क्रममा छुटेका नगरबासीको कुरा समेट्ने मनसायले अन्तरक्रिया कार्यक्रम गरेको नगर प्रमुख पौडेलले बताउँनुभयो । उपमहानगरपालिकाको कार्यालय जीतपुरमा आयोजना गरिएको अन्तरक्रियामा सञ्चारकर्मीहरुले बिगतका कार्यहरुको समिक्षा गर्दै आर्थिक बर्ष २०७९।०८० मा नगरबासीको चाहना र आवश्यक्ता अनुसार योजना बनाउँन अनुरोध गरेका छन् ।

उनीहरुले कृषि ,शिक्षा ,स्वास्थ्य र सञ्चारकर्मी तथा सञ्चार गृहको बृद्धि र बिकासमा देखिएका समस्याको बिषयमा नगर प्रमुख पौडेललाई अवगत गराएका थिए ।नगर प्रमुख पौडेलले सञ्चारकर्मीहरुबाट आएका महत्वपुणर् सल्लाह सुझावलाई केही हद सम्म भएपनि बजेटमा नै समावेश गरी समेट्ने प्रयास गर्ने बताउँनुभयो ।

उहाँले सञ्चारकर्मीहरुलाई उपमहानगरपालिकामा रहेको बिकृती र बिसङ्गती उजागढ गर्दै गलत कार्यको आलोचना गर्न पनि अनुरोध गर्नुभयो । कुनै पनि सञ्चारकर्मीहरुलाई उपमहानगरपालिकामा भएको भएका गतिबिधिहरुको सुचना सहजै उपलब्ध गराउँने उहाँले प्रतिबधता समेत ब्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा असार १० गते तोकिएको छ ।