वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीतपुरमा वडा स्तरीय बन उपभोक्ता समिती निर्माण स्थानीय उपभोक्ताद्धारा बाहिष्कार , एक्लौटी रुपले बनाईएको समिती स्वीकार्य छैन ःउपभोक्ता समुह

बारा /

गढीमाई साझेदारी बन उपभोक्ता समिती पथलैयाको वडा स्तरीय उपभोक्ता समिती निर्माण स्थानीय उपभोक्ताहरुले बाहिष्कार गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ मा बन उपभोक्ता समिती निर्माण गर्दा वडा अध्यक्ष सुनिल गुप्ताले एक्लौटी गरेको भन्दै सर्बसधारणहरुले भेला बाहिष्कार गरी हिडेको बताएका छन् ।

वडा अध्यक्ष गुप्ताले आफनो निकटका ब्यक्तिहरुको नाम टिपेर त्यसैबाट साँत जना ब्यक्तिहरुको समिती बनाउँन खोजेपछि आक्रोसित स्थानीयहरु भेला बाहिष्कार गरी हिडेको गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले बताए ।

वडा स्तरीय उपभोक्ता समिती निर्माण गर्दा समुदाय , बनका प्रतिनिधि र वडा अध्यक्ष वा वडा कार्यालयका प्रतिनिधि राखेर उपभोक्ता समिती निर्माण गर्नुपर्ने ब्यवस्था छ तर वडा अध्यक्षले आफनो पदको हवाला दिँदै सिन्डीकेट लगाई अरु ब्यक्तिहरुलाई प्रबेश गर्न नदिएपछि आफुसहित अधिकाँस उपभोक्ताहरु बहिष्कार गरेका बन उपाभोक्ता समितीका अध्यक्ष साहले जानकारी दिए ।

बाहिष्कारपछि उपभोक्ताहरु हिडिसकेपछि वडा अध्यक्ष गुप्ताले सहायक बन अधिकृत ललन राउतसँगको मिलामतोमा समिती निर्माण गरेको गढीमाई साझेदारी बनका अध्यक्ष साहले आरोप लगाए । वडाले उपभोक्ताहरुलाई आफनो बिचार राख्ने समय दिँदा बोल्ने अधिकाँशले गणेशजी प्रसाद साह नेतृत्वमा रहेका उपभोक्ता समितीको कार्यको सराहना गर्दै फेरी आउँनुपर्ने धारणा राखेका थिए ।

सहायक बन अधिकृत राउतले एक चरणको उपभोक्ताले भेला बाहिष्कार गरी हिडिसकेपछि भएको मानिसको समुहबाट नियम अनुसार नै वडा स्तरीय साँत सदस्सीय उपभोक्ता समती गठन गरेको बताए ।गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साह र साहयक बन अधिकृत राउतबिच बिभिन्न समयमा कार्यदौरान आपसी मनमोटाव देखिँदै आएको साझेदारी बन उपभोक्ता समुहका सदस्यहरु बताउँने गरेका छन् ।

करिब एक सयको सङ्ख्यामा रहेका उपभोक्ता सदस्यहरुले बाहिष्कार गरेपनि एक्लौटी रुपमा बनाईएको वडा स्तरीय उपभोक्ता समिती कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । उनीहरुले यस्ता प्रबृत्तीको कडा रुपमा बिरोध गर्ने जनाएका छन् ।