वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीतपुरमा महाशिवरात्री बिषयक अध्यात्मिक प्रबचन

रञ्जन यादव/
त्रिमुुर्ति शिव जयन्ति महोत्सव अन्तर्गत बाराको जितपुुरमा परमात्मा प्रत्यक्षताको महापर्ब महाशिवरात्री बिषयक अध्यात्मिक प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।

ब्रहमकुुमारी राजयोज उपसेवा केन्द्र बिरगंजकी मुुख्य सञ्चालिका ब्रहमकुुमारी रबिना दिदीको सभाध्यक्षता तथा मधेश प्रदेश सरकारका पुुर्ब भौतिक योजना पुुर्बधार बिकास मन्त्री जीतेन्द्र सोनलको प्रमुुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुुख अतिथि सोनलले अध्यात्मिक चेतनाबाट नै मानवमा सत्यचरित्र र देवेत्वको जागृत हुुने बताउँनुु भएको थियो । चरित्रवान मानवबाट नै सभ्य सुु संस्कारित समाज र राष्ट्र निर्माण हुुने जानकारी दिनुुभयो ।

ब्रहमकुुमारी संस्थाले यस कार्यमा ईश्वरीय माध्यमको रुपमा निश्वार्थ सेवा गरिरहेकोमा खुुलेर प्रशंसा गर्नुुभयो । कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य गणेशजी प्रसाद साह ,लोसपा क्षेत्र नं.४ का अध्यक्ष घनश्याम गिरी ,लोसपा नगर संयोजक शिवजी साह सोनार,जीतपुुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुुमार साह,समाजसेवी अफताब आलम लगायतको उपस्थिती रहेको थियो ।