वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जीतपुरमा छठ ब्रतालु महिलाहरुलाई साडि सहित छठ सामग्री बितरण

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा छठ ब्रतालु महिलाहरुलाई साडि सहित छठ सामग्री बितरण गरिएको छ ।

बिगत दुई बर्ष देखि आरभ ट्रेडिङ्ग जीतपुरकी सञ्चालक मालती देबीले आर्थिक अवस्थाले कमजोर बिपन्न बर्गका ६ जना महिलाहरुलाई सामग्री बितरण गरिएको हो ।

आफनो नातिनी(छोराको छोरी)बिरामी भईरहदा ,उनको स्वास्थ्य लाभको कामना सहित छठ्ठी सामग्री बितरण गरिएको मालती देबीले जानकारी दिनुभयो ।

प्रत्येक छठ ब्रतालु महिलाहरुलाई ५ किलो आटा ,२ लिटर खाने तेल ,२ किलो चिनी ,१ किलो मिठा ,साडी र ब्लाउज बितरण गरिएको मालती देबीका छोरा रनधिर गुप्ताले बताउँनुभयो ।