वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

जिससको पाँचौ जिल्ला सभा सम्पन्न

रबिन्द्र प्रसाद साह,/
जिल्ला समन्वय समिति कार्यालय बाराको पाँचौ जिल्ला सभा सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिकोे सभाहलमा शुक्रवार पाँचौ जिल्ला सभा जिससको प्रमुख नवलकिशोर सिंहको अध्यक्षतामा सम्पन्न भएको हो ।

सो सभामा जिसस बाराका उपप्रमुख पवन कुमार व्याहुत,निजगढ नगरपालिका प्रमुख सुरेश कुमार खनाल,उपप्रमुख लिलादेवी लामिछाने,कोल्हवीकी उपप्रमुख सुनैना थरुनी, सिम्रौनगढ नगरपालिका उपप्रमुख रिमा देवी,पचरौता नगरपालिका उपप्रमुख इन्दु कुमारी,सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव,उपाध्यक्ष बबिता यादव, प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ता,उपाध्यक्ष गिता साह, विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत, उपाध्यक्ष सुमिन्त्रा देवी, फेटाका गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद, उपाध्यक्ष कमरुन खातुन, देवताल गाउँपालिकाक उपाध्यक्ष रामसती देवी,आदर्श कोतवाल उपाध्यक्ष पुनम देवी,बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछाड,उपाध्यक्ष लक्ष्मी देवी राय, करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी,उपाध्यक्ष चित्र रेखा चौधरी,परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह कानु, उपाध्यक्ष सावित्री देवी लगायतको विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु, जिससका लेखापाल सौरभ साह, खरिदार अब्दुल हक अंसारी, कर्मचारीहरु बिनोद यादव, हरि साह,राजदेव प्रसाद,सावन कुमार लगायतको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सञ्चालन जिससका शाखा अधिकृत राकेश ओझाको रहेको थियो भने स्वागत मन्तव्य निमित्त जिसस अधिकृत सुनिल प्रसाद चौरसियाको रहेको थियो ।