रञ्जन यादब /बारा
बिद्यालयहरु जथाभाबी शैक्षिक भ्रमण तथा अवलोकनमा जान थालेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले यसमा रोक लगाएको छ । उपमहानगरपालिकामा शैक्षिक भ्रमण तथा अवलोकनको जनगुनासो लिएर दिनौँह मानिसहरु आउन थालेपछि उपमहानगरपालिकाले शैक्षिक तथा अवलोकन भ्रमणमा रोक लगाएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार जारी गरेको सुचनामा उपमहानगरपालिकाको अनुमती नलिई शैक्षिक भ्रमण तथा अवलोकनमा जाने बिद्यालयहरुलाई रोक लगाएको छ ।महाशाखाले भ्रमण तथा अवलोकनमा जाने बिद्यालयहरुले उपमहानगरपालिकाको अनुमतिलाई अनिवार्य लिनुपर्ने जनाएको छ ।
कार्यालयको अनुमति नलिई भ्रमण तथा अवलोकनमा गए त्यसको जिम्मेवारी स्वयम प्रध्यानाध्यापकले लिनुपर्ने शिक्षा ,युवा तथा खेलकुद महाशाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले जारी गर्नुभएको सुचनामा उल्लेख छ । सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय व्यवस्थापन समितिको निणर्य पेश गरी महाशाखाको अनुमति लिएर मात्रै भ्रमणमा जान कडा आदेश दिएको छ ।