वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

चुनाब आइसक्यो ! ५ वर्षमा पनि बनेन कलैयाको मुख्य सडक,कसले फेर्ने सदरमुकामको मुहार ?

कलैया । नेताहरुको अग्नि परिक्षा आउन अब केही दिन मात्र बाकी छ । मङ्सिर ४ गते हुने निर्वाचन को लागि उम्मेदवारहरु घरदैलो र जनता लाई आफ्नो पक्षमा पार्न लागि परेका छन् । चुनाव को बेला ठुला ठुला भासण दिने नेताहरु अहिले आएर फेरि बिकास कै भासण दिएर आफ्नो पोल्टामा मात मागिरहेका छन् ।

चुनाव को बेला ठुला ठुला भासण गर्ने नेताहरु बारा को सदरमुकामको सडक लथालिङ्ग पारेर फेरि बिकास कै भासण दिइरहेका छन् । जुन पनि जिल्ला को मुहार हेर्न लायक सदरमुकाम ले चिनाउन्छ तर सदरमुकाम कलैया को अवस्था कुरुप छ ।

पूर्व–पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण सुरु गरिएको थियो । सदरमुकाम कलैयाको मुख्य बजार भरत चोक यही सडक अन्तर्गत पर्छ ।

दक्षिण देवीगञ्ज–कलैयाको भरत चोक हुँदै उत्तरतर्फ अवधापुरसम्म झण्डै साढे तीन किलोमिटर सडक मुख्य सडक हो । यो सडक ५ वर्षमा जनप्रतिनिधि को कार्यकाल सकिदा पनि यो सडक को दुरदर्शिता उस्तै छ । सडक नबन्दा कलैयामा ट्राफिक व्यवस्थापन असहज छ । सवारी साधनको चाप र सर्वसाधरणको भिडभाड बढेको छ । वर्षायाम सुरु भएपछि मुख्य सडक हिलाम्य हुन्छ । घाम चर्केपछि धुलो ले नागरिक लाई कष्ट हुन्छ । कलैया उपमहानगरपालिकाले पानी हालेपनि त्यसले थेग्दैन । यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक तथा नाला बनाउने कार्यको २९ साउन शनिबार शिलान्यास गरेका थिए । यद्यपि नागरिकले आफ्नो मुआब्जा पाउनै बाकी छ ।

फेरि पनि उहीँ उम्मेदवार
यस बारा क्षेत्र ३ मा अघिल्लो पटक प्रतिनिधि सभामा रामबाबुकुमार यादव र प्रदेशसभामा सदस्य मा पारस साह, ज्वाला साह र महम्मद समीर जितेका थिए । यद्यपि मुख्य सडक बन्न सकेन । फेरि पनि अहिले चारै जना आगामी मङ्सिर ४ गते हुने निर्वाचन मा होमिएका छन् ।