वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

चिट चोर्न नदिएको भन्दै बीपीसी र हरि खेतानका विद्यार्थीहरुद्वारा क्याम्पसमा तोडफोड

रबिन्द्र प्रसाद साह ,
कलैया उपमहानगरपालिका वडा नं. ५ मा रहेको रामराजा (मो.वि.शाह) बहुमुपखी क्याम्पसमा परिक्षार्थीहरुले चिटचोर्न नदिएको भन्दै क्याम्पसको विभिन्न भौतिक सम्पत्तिहरू तोडफोड गरेका छन।

बिरगंज पब्लिक क्याम्पस (बीपीसी) तथा हरी खेतान विरगजंमा अध्यानरत स्थानिय विद्यार्थीहरुले चिट खोसेको बहानामा तोडफोड गरेर आक्रोश पोखेका छन।

आक्रोशित परिक्षार्थीहरुले क्याम्पसको शौचालयको बेसिन , धाराहरू, मोटरसाइकल तथा हेलमेटहरु, प्राङ्गणमा लगाइएको फूलहरू, लगायतको भौतिक सामाग्री तोडफोड गरी नष्ट गरेका छन् ।

उनीहरुले परिक्षामा खटिएका नियन्त्रकहरुका सावारी साधनमा क्षेती पुर्याएका थिए।

आईबार विहान संचालन भएको स्नातक तह पहिलो बर्षको अर्थशास्त्र विषयको परिक्षामा सहभागि विद्यार्थीहरुले चिट चोर्न नपाएको भन्दै आक्रोश पोखेको हुन् ।

भौतिक सम्पतीमा क्षेती पुगेको छ । सोको वास्तविक विवरण आइनसेको छ।

परिक्षा टाईट गरेको चिट चोर्न नदिएको , चिट खोसेको भन्दै विद्यार्थीहरुले परिक्षा सकिएलगतै बबाल सुरु गरेको क्याम्पस प्रमुख हरिभुषण कुशवाहाले जानकारी गराएका छन।

विपिसी क्याम्पस बिरगजंका ३५÷४० जना विद्यार्थीको झुण्डले परिक्षामा खटिएका सरहरुलाई गाली गलौज गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए ।

त्यो प्रयास सफल नभएपछि उनीहरुले क्याम्पस परिषरका फलफुलका विरुवा नष्ट गर्नुका साथै सवारी साधन र अन्य सामाग्रीहरू तोडफोड गरेको प्रशासनिक सहायक क्याम्पस प्रमुख निवेश तिमिल्सिनाले जानकारी गराएका हुन।

घटनाले भय उत्पन्न गरेको छ । घटनामा संलग्नहरुको पहिचान गरेर कानुनी उपचार गर्ने वातावरण नभए भोलीबाट परिक्षा संचालन गर्न मुस्कील देखिएको अनुशासन तथा अतिरिक्त क्रियाकलाप प्रमुख अमित मिश्रले जानकारी गराएका हुन।