रञ्जन यादव /
बाराको सिमरामा रहेको मालपोत कार्यालय घुुस लेनदेनको अखडा बन्दै गएको छ । मालपोतमा घुुस नदिएसम्म कर्मचारीहरुले सजिलै काम नगरिदिने गरेको सेवाग्राहीहरुको गुुनासो छ ।
कार्यालयको विभिन्न फाँटमा बस्ने कर्मचारीहरुलाई पैसा नदिएसम्म बिभिन्न बहानाबाजी गरी कर्मचारीहरु कामै अगाडि नबढाई दिने गरेका छन् ।
हरेक फाँटका कर्मचारीहरुलाई फाँट पिच्छे सेवाग्राहीले रकम बुुझाउँने चलन रहेको छ ।
फाँटका कर्मचारीहरुले प्रत्यक्ष रुपमा सेवाग्राहीसँग रकम लिएको र नदेखिएपनि बिचौलीया वा लेखनदासहरुको माध्यमबाट दैनिक लाखौँ रुपैया कमाउँने गरेका छन् ।
कार्यालय अवधिभित्र दैनिक भएका कानुुन सम्बत वा कानुुन असंम्बत कामहरुको कर्मचारीहरुले लेखाजोखा राख्ने गरेका छन् ।
कार्यालय समय समाप्त हुुने बित्तिकै कर्मचारीहरु लेखापढी ब्यवसायीहरुको सटर सटरमा पुुगी रकम लिने गरेको प्रत्यक्ष दर्शीहरुले बताउँने गरेका छन् ।
खुुल्मखुुल्ला मालपोत कार्यालय सिमरामा रकमको चलखेल हुुने गरको भएपनि सम्बन्धित निकाय भने मौन बसेको छ ।
मालपोत कार्यालय सिमरामा जग्गाको फाईल देख्ने बित्तिकै कर्मचारीले रयाल चुुहाउँने परिपाटीले सेवाग्राही र यहाँका सोझा साझा लेखापढी ब्यवसायीहरु मर्कामा परेका छन् ।
पैसा कति दिने भन्ने कुुरा फाँटका कर्मचारीले हामीसँग निर्धारण नगरेसम्म कामको फाईल नै अगाडि बढाई दिँदैनन्, एक लेखापढी ब्यवसायीले साझेदारीलाई बताए ।
हाम्रो पनि बाध्यता छ ,केही रकम दिएर काम अगाडि बढाउँछौ । यताकता डर पनि लाग्छ , अख्तियार वा कुुनै निकाय आयो वा अनुुसन्धान ग¥यो भने हाम्रो नाम नै पहिला आउँछ उनले भने । उनीहरु(कर्मचारीहरु) चोखो रुपमा बस्छन् ।
यता मालपोत कार्यालय सिमराका प्रमुुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले म कहाँ कसैले काम गराउँदा दुुख पाएको र रकम घुुस दिएर काम गराएको गुुनासो नआएको भन्दै पानीमाथिको ओभानो बन्न खोजे ।
कर्मचारीले नियम संबत हुुने काम पनि नगरेर अल्झाएर राखेको खण्डमा के गर्ने भन्ने सवालमा प्रमुुख मालपोत अधिकृत पौडेलले सम्बन्धित फाँटका प्रमुुखलाई सेवाग्राही लिएर आउँनुुहुुन्छ भन्ने हामी मिलाई हाल्छौँ नि भन्नी जवाफ फर्काए ।