कलैया । नेपाली काङ्ग्रेसका सह-महामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् ।
मैनालीले ३९ हजार १ सय ९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत ल्याएका हुन ।