वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

कलैया सिटी जेसिसद्धारा सिद्धेश्वर मन्दिर सरसफाई

रवीन्द्रप्रसाद साह
साउन महिनाकोको सुभ अवसर पारी बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धेश्वरनाथ महादेव मन्दिर प्राङ्गणको आईतवार बृहत सरसफाई गरिएको छ।

कलैया सिटी जेसिजको आयोजनामा उक्त मन्दिरको सरसफाई गरिएको हो । साउन महिनामा विभिन्न ठाउँबाट सोमबारको दिन जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनहरूलाई सजिलो र सहज वातावरणको निर्माण गर्नको लागि सो सरसफाई गरिएको आयोजकले जानकारी गराएको छ।

जेसिजका वर्ष २०२२ का अध्यक्ष संदिप बरैको अध्यक्षतामा सम्पन्न सो सरसफाई कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष धनिलाल शर्राफ, वर्ष २०२१ का अध्यक्ष शम्भु गुप्ता, सुवास जयसवाल, संदिप साह, भोला साह,राजा साह, सागर गुप्ता,बैजु दास, आदिल अंसारी,संजय कुशवाहा,नेजामुदिन अंसारी,गंगासागर कुशवाहा लगायतकोले सरसफाई गरेका थिए ।