बाराको कलैयामा संचालित प्रथम मेयरकप फुटबल प्रतियोगिताको उपाधी सर्लाही –११ हात पारेको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार सम्पन्न फाईनल खेलमा कलैयालाई हराउदै जीत निकालेको हो ।
प्रतियोगितामा जीतसंगै सर्लाहीले नगद रु ५० हजार र दोस्रो हुने कलैया टिमले नगद रु २५ हजार प्राप्ता गरको आयोजक क्लबले जनाएको छ ।
यही चैत २१ गतेदेखि संचालन उक्त गोल्डकप फुटबल प्रतियोगितामा विभिन्न ८ ओटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा एपीएफ बर्दिबास, जनकपुर, सर्लाही –११ , हेटौडा–११ , ज्वालादल गण (आर्मी) , कलैया, वीरगञ्ज, अमलेखगंज टिमको सहभागिता रहेको थियो ।
कलैया फुटबल क्लब कलैया बाराको आयोजना तथा कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको बाराको सहयोगमा संचालित उक्त प्रतियोगिताको शनिवार अयोजित समापन समारोहलाई कलैयाका नगरप्रमुख राजेशराय यादवले उद्घाटन गरेका थिए ।
समापन समारोहमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतो, ४ का जटाशंकर सहनी, ५ का पुरुषोत्तम लामा, कार्यपालिका सदस्यहरू कलैया क्रिकेट क्लबका संस्थापक अध्यक्ष दिव्यनाथ श्रेष्ठ, पूर्व खेलाडीहरु, तरुण दल बाराका जिल्ला अध्यक्ष लोकेश सिंह, महालक्ष्मी विकास बैंकका शाखा अध्यक्ष ललन साह लगायतकाको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चारकर्मी साजिर मंसुरले संचालन गरेका थिए ।