वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

कलैया जेसिज कप : मकवानपुर लाई पराजित गर्दै बिरगंज विजयी

सन्दीप यादव , कलैया । कलैया सिटि जेसिज द्घारा आयोजित एक दिवसीय त्रिकोणिय क्रिकेट प्रतियोगिताको विहिबार भएको दास्रोे खेलमा मकवानपुर लाई पराजित गर्दै बिरगंज विजयी भएको छ । मकवानपुर क्रिकेट कल्बले टस जितेर पहिलो ब्याटिङ गर्दै ३१.१ ओभरमा सम्पुर्ण बिकेट गुमाई १३८ रन बाएका थियो । मकवानपुरको लागि बिशाल फुईयालले ४० रन,सुमन सुनारले २६ र रामनरेश गीरीले १८ रन गरेका थिए ।

त्यस्तै बिरगंज क्रिकेट कल्बले ३८.४ ओभरमा ९ बिकेट गुमाई विजयी भएको थियो । बिरगंज क्रिकेट कल्बको तर्फबाट अल्फाज मंसुरी नाबाद रही ५४ रन, संतोष कार्कीले २४ र म. समिरले १७ रन बनाएका थिए ।

बिहीबार भएको दोस्रो खेलको मैन अफ दि मैच बिरगंज क्रिकेट कल्बका अलफाज मंसुरी भएका थिए । उनलाई कलैया सिटि जेसिजका उपाध्यक्ष जेसि. सुरेन्द्र प्रसाद साह(भोला)ले प्रदान गरेका हुन । लिगचरणको अन्तिम खेल शुक्रबार मकवानपुर क्रिकेट कल्ब र कलैया क्रिकेट कल्ब बिच हुनेछ ।