वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

कलैया अस्पतालका डाक्टर चन्द्रभुषन यादवको टिमले फिमर फयाक्चर फ्युुमर नेलिङ अपे्रसन सफल

मधेस प्रदेशको जिल्ला अस्पतालहरु मध्ये प्रदेशिक अस्पताल कलैयामा पहिलो पल्ट फिमर फयाक्चर फ्युुमर नेलिङ अपे्रसन सफल रुपमा गरिएको छ ।

अर्थोपेटिक डाक्टर चन्द्रभुुुुषन यादव नेतृत्वको टोलीले कलैया उपमहानगरपालिका वडा नम्बर २४ सखुई निवासी ५० बर्षिय हेमा देवीको सफल अप्रेसन गरेका छन ।

अप्रेसन टोलीमा एनेथेसिया सतेन्द्र कुमार यादव, नर्स अरुण जिरेल र ईरसाद अंसारी रहेको थियो । छात्रावृतिबाट धरान मेडिकल कालेजबाट एमएस इन अर्थोपेटिक्स गरि केही दिन बिरगंजको नारायणी अस्पतालमा काम गरेका डाक्टर यादवले बिगत पुस महिनाको १ गते कलैया अस्पतालमा जागिर शुरु गरेका डाक्टर यादवले मेजर र माईनर गरि अहिले सम्म ६४ वटा अप्रेसन गरि सकेका छन ।

उनी कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोक निवासी हुन । डाक्टर यादवको कलैया अस्पतालमा आगमनसंगै अपे्रसन शुरु गरिएको थियो । सिआर्म मेसिन अस्पतालमा भईदिएको भए बढी अप्रेसनका लागि चिर्नु पर्दैन थियो एनेथेसिया सतेन्द्र कुमार यादवले बताए ।

डाक्टर यादव गरिबका लागि भगवान सरह नै हो हेमाका भाई सखुई निवासी मुकुन्द चौधरीले भने । फिमर फयाक्चरको अप्रेसन बाहिर निजी अस्पतालहरुमा गर्दा लाखौ रुपैया लाग्ने गर्दछ तर कलैया अस्पतालमा अस्पताल बिकास समितिले निर्धारण गरेको न्युुतम ५ हजारमा ठुलो अप्रेसन गर्ने भएको हुदा आफुलाई पनि रु ५ हजार रुपैया दिदीको अप्रेसनमा मात्र खर्च भएको चौधरीले भने । तीन बर्ष अगाडी आमा राम दुलारीलाई बिरगंज रोसन अली कहाँ यस्तै अप्रेसन गराउदा करिब डेढ लाख खर्च भएको थियो ।

खाना खर्च अन्य फुटकर खर्चको त लेखाजोखा नै छैन मुकुन्दले भने । त्यो बेला आमाको अप्रेसन गर्दा निकै सास्ती भोग्नु परेको थियो भने काढेको कर्जा अहिले सम्म नै चुक्ता गरिरहनु परेको छ । तर अहिले कलैया अस्पतालमा दिदीको अप्रेसन गर्दा निकै नै सहज महसुस भएको छ चौधरीले बताए ।

साखै झन्झटको समना पनि गर्नु परेन उनले भने । कलैया अस्पतालमा अहिले कुसल डाक्टरहरु रहेको हुदा बिरामीहरुको चाप बढेको प्रदेशिक अस्पताल कलैयाका नायबसुब्बा कोबिन्द यादवले बताए ।

डाक्टर बिकेश पाण्डेले एक दिनमा १ सय ५० जना बिरामीहरुलाई बिहान १० बजे देखि बेलुका ८ बजे राती सम्म उपचार गर्ने गरेका छन । कहिलेकाही त अस्पतालमा नै बिरामी हेर्दा हेर्दे ११ बजछ डाक्टर पाण्डेले बताए ।