कलैया । बाराको कलैयामा स्कूल बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । शुक्रबार बिहान वीरगञ्जबाट सञ्चालित गुरुकूल एकेडमीको बसले ठक्कर दिँदा तिन वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत मुझफरपुर घर भई हाल कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबाग निवासी विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह सोनार रहेकोे जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।
प्रहरी प्रब्क्ता पाण्डेका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमा बिहान ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
ठक्कर दिने बस र त्यसका चालक चन्द्रकिशोर साहलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रब्क्ता पाण्डेले बताए ।