वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

कलैयामा गत आर्थिक बर्षमा सम्पन्न योजनाहरु सार्वजनिक

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले आ.ब.२०७८/०७९ सालमा सम्पन्न योजनाहरुको सार्वजनिक गरेका छन् ।

मंगलवार कलैया उपमहानगरपालिकाको सभा हलमा पत्रकारहरुसंगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिका क्षेत्रभित्रमा सडक ढलान साढे ३ किलो मिटर, ग्रेभल साढे १६ किलो मिटर, नयाँ ट्रेक साढे ३ सय मिटर कार्य सम्पन्न भएको बताएका छन् ।

त्यसैगरी सार्वजनिक शौचालय ३ वटा, चापाकल ४ सय २५ वटा बितरण, सामुदायिक भवन १० वटा निर्माण, जेष्ठ नागरिक गृह १ वटा निर्माण, सिचाई कुलो मर्मत संम्भार १७ किलो मिटर, नदी नियन्त्रण २ सय ५० मिटर, नाला निर्माण ४२ किलो मिटर, बिधुत तार पोल २ सय ६१ थान, तार २८ किलो मिटर, टा्रन्फरमर १ वटा, टावरलाईट ५ थान जडान गरेको सो अवश्रमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराएका थिए ।