वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

छात्राहरुलाई साइकल वितरण

सुभाष कुमार मिश्र /
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ५ कटहरियामा रहेको जनता मध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको महत्वकान्क्षी योजना साईकल वितरण भएतापनी कटहरिया नगरपालिका अन्तरगत पर्ने विद्यालयहरुमा हाल सम्म छात्राहरुलाई साइकल वितरण नगरिएकोमा कटहरिया नगरपालिका मेयर सियाराम कुशवाहाले आफ्नो नपाको बजेटबाट जनता माबिका छात्राहरुलाई सोमवार एक कार्यक्रमवीच साईकल वितरण गरेका हुन ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा मेयर कुशवाहाले कक्षा १० मा अध्ययन गर्ने १ सय २० जना छात्राहरुलाई साइकल वितरण गरेका छन् ।

सो अवसरमा बोल्दै मेयर कुशवाहाले मधेशमा छोरा जन्मिदा खुसीयाली मनाउने र छोरी जन्मिदा दुखि हुने प्रवृति बढेकाले छोरी शिक्षालाई आकर्षण गर्ने उदेश्यले साईकल वितरण गरिएको बताएका छन ।

साईकल वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, कटहरिया वडा नं ४ का अध्यक्ष चन्दन कुशवाहा, वडा नं १ का अध्यक्ष राजकुमार साह, क्याम्पस प्रमुख गजेन्द्र यादव,विद्यालयका प्रधानध्यापक योगेन्द्र प्रसाद कुशवाहा लगायत अभिभाव, शिक्षक शिक्षिका लगायतको सहभागिता रहेको थियो ।