वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

ओलीले पार्टीलाई मुठीमा राखेर पार्टीका कार्यकर्ताहरुलाई दास बनाउन खोजेः वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमालेमा केपी ओली जुन दिनदेखि अध्यक्ष भए त्यही दिनबाट पार्टीभित्र महासमस्या उत्पन्न भएको आरोप लगाएका छन ।

पर्साको वीरगञ्ज स्थिति होटेल भिस्वामा शनिबार आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो वताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका बरिष्ठ नेता अध्यक्ष ओलीले आफु अल्पमतमा पर्ने भन्दै पोलिटब्युरोको बैठक बोलाउनबाट डराउने गरेको बताएका छन ।

उनले एमालेमा ४४ सदस्यी पोलिट ब्युरो मध्ये २४ जना सदस्यहरु आफनो पक्षमा रहेको बताए ।

केपी ओलीले पार्टी नभई गुट चलाईरहेकोले उक्त गुट ओलीको एउटा सानो गुटमात्रै रहेको नेता नेपालले सँज्ञा दिदै पार्टीलाई मुठीमा राखेर पार्टीका कार्यकर्ताहरुलाई दास बनाउन खोजेको आरोप लागए ।

उक्त कार्यक्रममा एमालेको नेपाल–खनाल पक्षले पर्सा जिल्लामा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ ।

भेलाले एक सय ७५ सदस्यी समानान्तर जिल्ला समितिको घोषणा गरिएको छ ।

नवघोषित कमिटीको अध्यक्षमा बालगोपाल थापा चयन भएका छन ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र उपमहासचिव घनशयाम भुसालको उपस्थितिमा शनिवार कमिटीको घोषणा गरिएको हो ।