वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अबैध लागू औषध ईन्जेक्सनसहित एक जना पक्राउ

सिकेन्द्र पासवान/
अबैध लागू औषध ईन्जेक्सनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राँउ पर्नेमा जिल्ला सर्लाही पर्सा गाँउपालिका वडा नं. २ संग्रामपुर वस्ने वर्ष २० को मिथिलेश कुमार मंण्डल रहेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए ।

प्रहरी चौकी पथलैया बाराबाट जिल्ला बारा जीतपुरसिमरा उप–महानगरपालिका वडा न.०१ स्थित पुर्व–पश्चिम राजमार्ग अन्तरगत पथलैया चोकमा चेकिङ डिउटीमा खटीएको प्रहरी टोलिले सर्लाहीबाट काठमाडौं जादै गरेको ना ७ ख २६८१ नं.को सुपर राजेश डिलक्स यात्रु बाहक बस रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडिको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा दुई हजार नौ सय नब्बे थान बिभन्न प्रकारका लागु औषध ईन्जेक्सन बरामद गरेको प्रवतmा थापाले बताए ।

लागू औषध डाईजेपाम ९ सय ९७ पिस, फेनारगन १ हजार ७ पिस, नुर्फिन ९ सय ८६ पिस बरामद भएको थियो । जिल्ला अदालतबाट लागू औषध मुद्दा शिर्षकमा पहिलो पटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी निज मण्डल माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।