वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अपाङ्ग अधिकारकर्मीे बजगाँईले गरे समृद्ध मधेश परियोजना डिप ट्युबेलको उद्घाट्न

रञ्जन यादब

बारा १६ बैशाख

संघिय सरकारको उर्जा,जलश्रोत तथा सिचाइ मन्त्रालय अन्तर्गत समृद्ध मधेश परियोजनाको डिप ट्युबेलको कार्यक्रम निजगढ नगरपालिका वडा नं ६ मा शुरु भएको छ  । आज एक औपचारिक कार्यक्रमका बिच अपाङ्गता संगठन नेपाल का केन्द्रीय उपाध्यक्ष धनप्रसाद बजगाँईले डिप बोरिङ्गको उद्घाटन  गर्नुुभएको छ ।

परियोजना ल्याउन विशेष भुमिका खेल्न हुुने  नेकपा(माओवादी केन्द्र) का युवा नेता रविराज दंगाल र पहल गर्नु हुने नेकपा माओवादी केन्द्र कि नेतृ धनमाया लामा प्रती आभार ब्यक्त गरिएको थियो ।यो आयोजना सम्पन्न हुँदा ७० विगाह औतारटोल उत्तर र बालबिकास स्कुल पश्चिमको करिब ७० बिगाह सुख्खा ग्रस्त खेती योग्य जमिनमा सिचाई पुग्छ भन्ने बिश्वास लिएका छ  ।

कार्यक्रममा बिशिस्ट अथिती राजमान मुक्तान , अथितीहरु भुमि आयोग बाराका बिज्ञ सदस्य केदार गौतम ,नेकपा माओवादी केन्द्र नगर अध्यक्ष संन्तोस दंगाल,बालबिकास स्कुल ब्यस्थापन समिती अध्यक्ष राजेन्द्र सापकोटा ,समाजसेवी सोनाम लामा लगायतको उपस्तिथि रहेको थियो । सम्मान कार्यक्रमको सहजीकरण धर्मप्रसाद बजगाँईले गर्नुभएको थियो  ।