वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अन्तर विद्यालय फुटबल प्रतियोगितामा सर्भिसम्यान र लोटस एकेडेमी विजयी

हंकल्पित न्यौपाने /
सिमरामा जारी अन्तर विद्यालय फुटबल प्रतियोगितामा अन्तरगत शुक्रवार सम्पन्न खेलमा एक्स सभिर्सम्यान चिल्ड्रेन एकेडेमी र लोटस एकेडेमीले विजयी भएका छन ।

ग्रासरुट फाउण्डेशनको आयोजनामा सिमरा रंगशालामा बिहिबारदेखी जारी प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल भएका थियो ।

जसमा पहिलो खेलमा डुमरवानास्थित एक्स सर्भिसले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहालाई १–० गोलअन्तरले पराजित गरेको छ ।

एक्स सर्भिसको जितमा विशाल चौधरीले निर्णायक गोल गरेका थिए । चौधरीले खेलको १९औं मिनेटमा गोल गरेका हुन ।

यसैगरी शुक्रवार नै अर्को दोस्रो खेलमा लोटस एकेडेमीले सेन्ट अल्फोन्सास स्कुललाई २–० ले पराजित गरेको छ ।

लोटसको जितमा आकाश मोक्तान र दिलकुमार विकले समान एक÷एक गोल गरेर विजयी दिलाएका छन ।

लोटसका आकाशले खेलको १४ औं मिनेट र दिलकुमारले २९ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलको पहिलो विशाल चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए ।

भने दोस्रो खेलको म्यान अफ दि म्याच विवेक बुढाथोकी घोषित भएको आयोजनले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुने आयोजक ग्रास रुट फाउण्डेशनका अध्यक्ष दुर्गा बहादुर थापाले बताएका छन ।

जसमा पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैया र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमरा र दोस्रो खेलमा होली गार्डेन ईङ्लिस स्कुल, पथलैया र ब्राईटर एकेडेमी स्कुल, सिमराबीच हुने आयोजकले जनाएको छ ।