वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अदालत माथिको भरोसा नै टुट्यो – चिरन्जिवीभतm पौडेल

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभतm पौडेलको हत्यामा संलग्न ८ जनालाई उच्च अदालत वीरगञ्जले धरौटीमा रिहा गर्नुले आफुहरुलाई अझै संसकित बनाएको पौडेल परिवारले बताएका छन ।

कलैयामा पत्रकार सम्मेलन गरि मृतकका बुबा चिरंन्जीबीभतm पौडेल, दाई राजेशभतm पौडेलले यस्तो बताएका हुन । जिल्ला अदालतले २०७९ साल असार ३ गते छोराको हत्यामा संलग्न रहेको १३ जनालाई कसुरदार ठहराई पुर्वपक्षका लागि वीरगञ्ज करागारमा थुनामा पठाएको थियो ।

पछाडीको मुद्धा अगाडी बेन्चमा सारी आर्थिक चलखेलमा छोराको हत्यामा संलग्न रहेका मुख्य अभियुतm सहित ८ जनालाई जिल्ला अदालतको निर्णय उल्टाई हत्यामा संलग्नलाई धरौटीमा छोडनुले न्यायलय माथिको विश्वास उठेको मृतकका बुबा चिरन्जीवीभतm पौडेलले दुखेसो पोखे ।

धरौटी, तारिखमा छुटेका उद्धव अधिकारी, राजु अधिकारी,सुदिप घिमिरे, सन्तोष खत्री, केबी रिजाल, अर्जुन चिमोरिया, सन्ते बछाड, निरुता खत्री लगायतलाई ३ लाख रुपैया बैँक ग्यारेन्टीमा छोडिदिएको हो । छोरालाई २०७९ साल बैसाख ३० गते स्थानीय तहको निर्वाचनको मौन अवधी शुरु भएको वेला बिहान हत्या गरिएको थियो ।

घटना ढाकछोप गर्नका लागि पहिला छोरालाई बलात्कारको आरोप लगाइयो बुवाले भने, न्यायका लागि आफु सहित परिवार महिला अधिकारकर्मी, अधिकारकर्मी, पत्रकार, कानुन व्यवसायी लगायतको सहयोगमा मुद्धालाई अगाडी बढाएको थिए चिरंन्जीवीभतm पौडेलले भने।

यसरी हत्यराहरुलाई उच्च अदालतबाट छोडनु कानुनी राज्यको उपहास भएको हुदा छोराको हत्याराहरुलाई सजाय हुनुपर्ने बुवा चिरंन्जीवीभतm पौडेलले माग गरेका छन ।