वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अतिक्रमित क्षेत्र हटाई वन कायम प्रविधिक संघको माग

रवीन्द्रप्रसाद साह/
बारा पर्सा वन प्राविधिक संघ, कलैया बाराले तामागढीमा रहेको अनियन्त्रण बन क्षेत्र हटाई तत्काल वृक्षारोपण गर्न माग गरेको छ ।

बुधवार कलैया उपमहानगरपालिका वडा नं. ५ घुसुकपुरमा पत्रकार सम्मेलन गरेर यस्तो बनाएको हुन । सो क्षेत्रमा २०२९ सालमा तामागढीमा रहेको अनियन्त्रण हटाई तत्कालीन वन डिभिजन कार्यालय, वीरगञ्जको अगुवाईमा सो अतिक्रमण भएको क्षेत्रमा वृक्षारोपण गर्नको लागि वर्क प्लान बनाई टाँगिया सिस्टम अन्तर्गत २०३२ सालदेखि वृक्षारोपण गर्ने कार्य सुरु भयो।

उक्त वृक्षारोपण क्षेत्रका काम गर्ने ज्यालादारी मजदुर विस घरपरिवारलाई १÷१ विघाका दरले वृक्षारोपण क्षेत्र उपलब्ध गराई सो क्षेत्रमा कोषेबाली मात्र लगाउने तथा रोपण गरिएका विरुवाको रेखदेख र संरक्षण गर्ने सर्तमा जग्गा उपलब्ध गराईएको संघले पत्रकार सम्मेलनमा जानकारी गराए ।

देशमा भएको जन आन्दोलन, राजनीतिक उथलपुथल, व्यवस्था परिवर्तनको लाभ उठाउँदै राजनैतिक संरक्षण र पहुँचवाला शक्ति केन्द्रको आडमा हराभरा जंगल फडानी गर्ने र टाँगिया क्षेत्रमा बस्ति बस्ने क्रम शुरु भएको थियो ।

हाल उक्त टाँगिया क्षेत्रमा ७०० बिघा करिब ४२४.९३ हेक्टर अतिक्रमण क्षेत्रमा जीतपुरसिमरा नगरपालिका वडा नं. १६ मा १४७६ घरधुरीको घाना बसोबास रहेको छ।

उक्त टाँगिया क्षेत्रको अतिक्रमित क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रको योजना मार्फत बाटो निर्माण, स्कुल निर्माण, बजार व्यवस्थापन, तरकारी खेती, उखु खेती, सुर्ती खेती हुन थालेको र श्रमिक रुपमा उक्त क्षेत्र सहरीकरण तर्फ उन्मुख हुँदै गएको छ।

उक्त अतिक्रमण भएको टाँगिया क्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमान स्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार लगत लिने कार्य सम्पन्न भैसकेको सन्दर्भमा हाल सो क्षेत्रमा विद्युतीकरणको काम धमाधम भैरहेको बुझिन आएको हुँदा सो कार्यप्रति यस संस्थाको गम्भीर ध्यानार्कषण भएको छ।

सो अवसरमा संघका अध्यक्ष राजदेव प्रसाद यादव, लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।