वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अज्ञात रोगबाट एकसातामा दुई दर्जन पशु चौपायहरुको मृत्यु

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार टोमा पशु चौपायमा अज्ञात रोग देखा परेको छ ।

अज्ञात रोगका कारण उक्त टोलमा एक सात भित्र झण्डै दुई दर्जन भन्दा बढि पशु चौपायहरुको मृत्यु भएको स्थानीय राजेश्वर कुशवाहाले जानकारी दिएका छन ।

पशु चौपायहरुमा शुरुमा ¥याल काड्ने र अत्याधिक ज्वरो आउने र मृत्यु हुने गरेको स्थानीयहरुले बताए ।

आईतवार स्थानीय गजेन्द्र यादवको एक वटा गाई र एक वडा पाडा उक्त अज्ञात रोगकै कारण मृत्यु भएको यादवले साझेदारीलाई बताए ।

एक साताको अन्तरमा आफ्नो ९ वटा बाख्रा मरेको यादवले जानकारी दिएका छन ।

उक्त टोलमा एकसाता भित्रमा भोरिक राउतको दुई वटा बाख्रा र एक वटा पाडा, विश्वनाथ रामको एक वटा गाई, सोनालला रामको एक वटा गाई, केशव रामको एक वटा बाख्रा, रामलाल रामको तीन वटा बाख्राको अज्ञात रोगबाट मृत्यु भएको छ ।

यस्तै महन्त जयसवालको तीन वटा बाख्रा, महादेश साह, सोहराई राउत, सुशिल साह हलुवाईको एक एक वटा बाख्रा मरेको स्थानीय राजेश्वर कुशवाहाले बताए ।

यता सो वारे जानकारी लिदा आफुहरुलाई जानकारी नआएको भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र बाराका प्रमुख सुनिल यादवले बताएका छन ।

उनले तत्कालै भोली नै आफ्नो टोली त्यसटोलमा जाने र उक्त रोगबारे अनुसन्धान गर्ने बताएका छन ।