वेबसाईट बनाउँन सोच्दैहुनुहुन्छ ? कल गर्नुहोस । +977-9861436955

अग्रपंक्तिमा कार्यरत बाराका बन संरक्षणकर्मीहरुलाई शिप हस्तान्तरण तथा क्षमता अभिबृद्धि तालिम

रञ्जन यादब \
बाराको बन संरक्षणमा अग्रपंक्तिमा कार्यरत बन संरक्षणकर्मीहरुलाई निजगढमा शिप हस्तान्तरण तथा क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।डिभिजन बन कार्यालय बाराको आयोजना र रेड कार्यान्वयन केन्दको सहकार्यमा शिप हस्तान्तरण तथा क्षमता अभिबृद्धि सम्बन्धि तालिम सम्पन्न भएको हो ।

तालिममा बन नियमावली २०७९ मा रहेका रुख ,काठको नापी गर्ने तरिका लगायत नयाँ प्रावधानहरुको बिषयमा जानकारी र जल ,बायु परिवर्तनले जनजिवनमा परिरहेको असरहरुको बिषयमा अवगत गराईएको डिभिजन बन कार्यालय बाराका योजना शाखाका सहायक अधिकृत जवाहर कुर्मीले जानकारी दिनुभयो ।

तालिममा पुर्ब बरिष्ठ फरेष्टर डा.राम अशेश्वर मण्डलले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । बाराको बन क्षेत्रमा फ्रन्ट लाईनमा कार्यरत सहायक बन अधिकृत,रेन्जर,फरेस्टर र वनरक्षक गरी २५ जनाको तालिममा सहभागिता रहेको थियो ।

तालिममा डिभिजन बन कार्यालय बाराका प्रमुख बिनोद सिँहले समय र परिस्थिती अनुसार नव प्रबिधिलाई आत्मसात गर्दै आफुमा रहेको ज्ञान र सिपमा परिमार्जन गर्दै ल्यैजानुपर्नेेेमा जोड दिनुभयो ।

जल ,बायु परिवर्तनले बाताबरणमा परेको असर ,जनमानसले खेपिरहेको समस्याको बिषयमा जानकारी दिँदै बन नियमावली २०७९ मा रहेका प्रावधानहरुलाई कार्यान्वयन गराउँन निर्देशन दिनुभएको थियो । कार्यक्रमको औपचारिक सञ्चालन डिभिजन बन कार्यालयका अधिकृत अनिल साहले गरेका थिए ।